जनकपुर डुवानमा,जनजीवन कष्टकर - pharaksandesh.com

मुख्य समाचार


Saturday, 13 July 2019

जनकपुर डुवानमा,जनजीवन कष्टकर

जनकपुरधाम, २८ असार : अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ ।

घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ । पानीको निकास नभएका कारण मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समितिलगायतका कार्यालय डुबानमा परेको छ ।

राष्ट्रिय समाचार समिति कार्यालय डुबानमा परी कार्यालयका कोठामा चार फिटसम्म पानी जमेको र कागजात क्षति पु¥याउनुका साथै समाचार सप्रेषणमा समस्या उत्पन्न भएको छ । वर्षाका कारण नेपाल टेलिकमको टेलिफोन र मोबाइल अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द भएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.