झोलुङ्गे पुल बिग्रिएपछि आवतजावतमा समस्या - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

झोलुङ्गे पुल बिग्रिएपछि आवतजावतमा समस्या

काठमाडौँ, २३ असार : काठमाडौँ–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ । स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब आठ फिट अग्लो ढुङ्गा माटो वर्षाले बगाएपछि सर्वसाधारणलाई समस्या भएको हो । 

उक्त वडाले पुल निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गरेको वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक हिँड्डुल गर्नुपर्ने सर्वसाधारण आवतजावतमा प्रभावित भएका कारण एक हप्ताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले बालुवा निकालेको स्थानका रूपमा लखः तीर्थलाई स्थानीयवासीले पवित्रस्थलका रूपमा लिन्छन् । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.