चार सय गैरसरकारी संस्था खारेज - pharaksandesh.com

मुख्य समाचार


Monday, 15 July 2019

चार सय गैरसरकारी संस्था खारेज

डोटी, ३० असार :  संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो । 

“संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्थाहरु तोकिएको समयमा नवीकरण गर्न नआएपछि खारेज गरिएको हो”, प्रजिअ पौडेलले भन्नुभयो, “नवीकरणका लागि जारी गरिएको ३५ दिने सूचनाको म्याद समाप्तिपछि ती संस्थाको दर्ता खारेजीमा परेको हो ।” दर्ता खारेज हुने संस्थाहरुमा साबिकको जिविसअन्तर्गत सञ्चालित उपभोक्ता समिति, मठमन्दिर निर्माण समिति, जल उपभोक्ता समितिसमेत रहेको उक्त कार्यालयले जनाएको छ । 

दर्ता भएका ६१० गैरसरकारी संस्थामध्ये २०५५ देखि २०७२ सालसम्म नवीकरण नगरेका संस्थाहरु खारेजमा परेका प्रशासकीय अधिकृत सन्तोष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २०४४ सालदेखि संस्था दर्ता गर्ने कार्य शुरु गरिएकामा अहिलेसम्म ६१० गैरसरकारी संस्था दर्ता भएका थिए तर पटक पटक गरी ४२३ संस्थाको दर्ता खारेज भइसकेको छ । अब जिल्लामा १८७ दर्तावाला गैरसरकारी संस्था छन् । तोकिएका नियम पालना नगर्दा ती संस्थाको दर्ता खारेज गरिएको गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष रघुबहादुर कठायतले बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.