खोला छेउमा बस्ने परिवार डुबानमा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 16 July 2019

खोला छेउमा बस्ने परिवार डुबानमा

विराटनगर, ३१ असार : सिङ्घिया खोलाको नदीले उकासेको जग्गामा बस्दै आएका ३० भन्दा बढी घरहरु अझै पनि डुबानमै छन् । विराटनगर र कटहरी गाउँपालिका भएर बग्ने सिङ्घिया खोलामा आएको बाढी बस्तीमा छिरेर वडा न १ का दुई टोल डुबानमा परेका हुन् । 

पीडित चर्खादेवी पण्डितले घर डुबानमा पर्दा आश्रय लिएर छिमेकीको घरमा बसेको र छिमेकीको घरमा पनि बाढी छिरेपछि आफू जस्तै धेरै परिवार त्यही नजीकको नारी विकास संस्थाको भवनमा गएर बसेका बताउनुभयो । त्यस भवनमा थुप्रै बाढी पीडित बस्दै आएका छन् । एकै ठाउँमा धेरै जना खाँदिएर बस्नु परेको र सुत्न तथा खान समस्या परेको उहाँहरुको भनाइ छ । 

विभिन्न संस्थासहित वडा कार्यालयले खानेकुरा उपलब्ध गराएका छन् । बाढीका कारण बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । घरमा भएका सबै सामान नष्ट भएर समस्या भएको पीडितले बताएका छन् ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.