बार्सिलोनाबाट पीएसजीलाई हराउँदाको क्षण अहिलेसम्मकै उत्कृष्ट : नेइमार - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

बार्सिलोनाबाट पीएसजीलाई हराउँदाको क्षण अहिलेसम्मकै उत्कृष्ट : नेइमार

काठमाडौँ, २९ असार : ब्राजिल तथा लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले फुटबलका रुपमा आफूलाई सबैभन्दा मन परेको क्षण बार्सिलोनामा रहँदा पीएसजीलाई हराउनु रहेको बताएका छन् ।

उनले एक अन्तरवार्तामा बोल्दै आफू बार्सिलोनामा रहँदा २०१७ मा पीएसजीलाई ६–१ गोल अन्तरले हराएको क्षण नै सबैभन्दा यादगार क्षण भएको बताएका हुन् । सरुवा बजार खुल्ला रहँदा नेयमारले दिएको उक्त अभिव्यक्ति पछि पुनः उनी बार्सिलोना जाने संकेत गरेको भन्दै जोड्न थालिएको छ । जुन खेलमा उनले २ गोल समेत गरेका थिए ।

‘जब हामीले पीएसजीविरुद्ध बार्सिलोनाका लागि जीत हात पारेका थियौं । त्यो साच्चिकै अविष्मरणीय थियो । जीतपछि हामीसबै ‘क्रेजी’ भएका थियौं,’ नेयमारले क्यु एन्ड ए विथ ओ माई गोलमा भने,‘ मलाई विश्वास छ त्यो हामी सबैका लागि उत्कृष्ट थियो ।’ एजेन्सी 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.