विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 July 2019

विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २५ असार : सर्वोच्च अदालतले भारतबाट नेपाल आयत हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले तरकारी तथा फलफूलको आयतमा विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्का निर्णय कार्यन्वयन नगर्न आदेश दिएको हो ।

इजलासले विषादी परीक्षण सम्बन्धमा दायर भएका तीनवटा रिटमा आदेश गर्दै भन्सारमा परीक्षणको व्यवस्था मिलाउन भनेको छ ।

विषादी चेकजाँच नगरी भारतीय तरकारी र फलफूल नेपाल भत्रन दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार विभिन्न तीन वटा रिट दायर भएका थिए ।

आदेशमा निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जपाफ पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

यस्तै यो विषयमा दुवै पक्ष राखि छलफल गर्न आवश्यक देखिएको भन्दै अदालतले साउनको ३० गते उपस्थित हुन र छलफलबाट टुंगो नलागेसम्म असार १८ गतेको निर्णय कार्यान्वयन नगर्नु नरउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.