ठमेल पर्यटन विकास परिषदको मनोयन विवादमा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

ठमेल पर्यटन विकास परिषदको मनोयन विवादमा

काठमाडौँ, ७ साउन : ठमेल पर्यटन विकास परिषदको कार्यासमिति बैठकबाट मनोनित २ सदस्य विवादमा तानिएका छन्। गत असार १३ गते सम्पन्न बैठकले राजिव पाण्डे र कमल भण्डारीलाई कार्यसमितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा निर्वाचित भएका प्रकाश नरसिंह राणा चुनाव जितेको एक महिनामै विवादमा आउनुभएको छ । राणाको अध्यक्षमा परिषदको विधान विपरित योग्यता नपुगेका व्यक्तिलाई मनोनित गरेको भन्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रद्द गरिदिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार नै पत्राचार गरी कार्यकारणी समिति सदस्यको पद खारेज गरेको छ भने नयाँ सदस्य ७ दिन भित्र नियुक्त गर्न निर्देशन दिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.