लेखापरीक्षण प्रतिवेदन वास्तविक हुनुपर्छ : अर्थमन्त्री खतिवडा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

लेखापरीक्षण प्रतिवेदन वास्तविक हुनुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, ७ साउन : अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक इमानदारीलाई अक्षुण राख्दै लेखापरीक्षकहरूले यथार्थपरक प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिनुभएको छ । 

वित्तीय सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनेैपर्ने अपरिहार्यता औँल्याउनुभएको छ । 

नेपाल चार्टर्ड एकाउण्टेटस् संस्था (आइक्यान) ले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले वास्तविकताभन्दा बाहिर गएर लेखापरीक्षकले कुनै पनि संस्थाको वित्तीय स्वास्थ्य ‘जे हो त्यही नभने’ गम्भीर दुर्घटना हुने बताउनुभयो । 

“बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्” पेशागत मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो । वित्तीय साक्षरता कायम गर्ने सरकारी नीति कार्यान्वयनमा सघाउन नियामक निकाय आइक्यानलाई आग्रह पनि गर्नुभयो । 

मूल्यअभिवृद्धि कर (भ्याट) लगायत आर्थिक ऐनले निर्धारण गरेका कर सङ्कलनसम्बन्धी अव्यावहारिक प्रावधान भए छलफल गर्न आफू तयार रहेको मन्त्री खतिवडाले बताउनुभयो । 

आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आइक्यानले समेत कर तिर्नुपर्ने व्यवस्था भएकामा सरकारको ध्यानाकर्षण गराउँदै गैरनाफामूलक संस्था करको दायरमा परेको गुनासो गर्नुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.