एम्बुलेन्सको ठक्करबाट स्वास्थ्यकर्मीको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 April 2020

एम्बुलेन्सको ठक्करबाट स्वास्थ्यकर्मीको मृत्यु

सुनसरी, १९ चैत : सुनसरीमा एम्बुलेन्सको ठक्करबाट स्वास्थ्यकर्मीको ज्यान गएको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नंं. ६ का स्वास्थ्य साखामा कार्यरत ३५ बर्षीया रत्ना श्रेष्ठको ज्यान गएको हो ।

पश्चिमबाट पूर्बतिर आउदै गरेको को १ च ९६०५ नम्वरको एम्बुलेन्सको ठक्करबाट सोही ठाउकी वडा कार्यलयको स्वास्थ्य साखामा कार्यरत श्रेष्ठको ज्यान गएको हो ।

एम्बुलेन्सको ठक्करबाट गंभिर घाइते श्रेष्ठलाई उपचारका लागि बिराटनगर स्थित न्यूरोअस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सुनसरी प्रहरीले जनाएको छ ।

ठक्कर दिने एम्बुलेन्सका चालक मोरङको सुन्दरहरैचाका ४० बर्षीय चन्द्र राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता बिनोद शर्माले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.