दुर्घटनामा एकको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 April 2020

दुर्घटनामा एकको मृत्यु

हेटौँडा, १९ चैत : मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा आज ना ६३ प ५६९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी मोरङको हरैचा नगरपालिका–८ बस्ने वर्ष ३२ की विन्दा घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । प्रहरीका अनुसार अनियन्त्रित भइ सडक छेउको नालीमा खस्दा मोटरसाइकल चालक लिलामणी घिमिरे र विन्दा सवार मोटरसाइकल दुर्घटना हुँदा विन्दाको उपचारका क्रममा मृत्यु भएको छ, भने लिलामणीको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.