काठमाडौँ, १९ चैत : र्यापिड टेस्ट कीटको गुणस्तरको सन्दर्भमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । र्यापिड टेस्ट कीटबारे प्रश्न उठेपछि मन्त्रालयले आफ्नो प्रष्टीकरण विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।
मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्कीले आज जारी गरेको विज्ञप्तिमा सरकारले चीनबाट खरिद गरेको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको भन्दै परिषद्ले कीट प्रयोग गर्न योग्य भनि सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भएपछि मात्रै प्रयोगका लागि वितरण हुने बताउनुभएको छ ।
बजारमा अवैध ढङगले -यापिड टेस्ट किट भित्र्याइ जनमानसलाई भ्रममा पारी परीक्षण गर्न शुरू गरिएको गुनासो आए पछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई प्रयोग नगर्न निर्देशन दिएको मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ । कार्कीको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले ल्याएको र्यापिड टेस्टकीटको गुणस्तर निर्क्यौल भएपछि मात्रै प्रयोग हुन्छ । अनाधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो ।’
साथै नेपालमा महामारी फैलिइहाले र एकै पटक हजारौं टेस्ट गर्नु परेको अबस्थामा पीसीआर मेसिनले धान्न नसक्ने गरेकाले -यापिड टेस्ट किटको प्रयोग गरी स्क्रिनिङ गर्ने र संस्कास्पदहरूको पीसीआर मेसिनबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार पूर्व तयारी गर्न खोजिएको उल्लेख गर्दै विज्ञप्तिमा अहिले युरोप अमेकिाले पनि यही विधिबाट नै परीक्षण गरिरहेको स्पष्ट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकारले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेस्ट कीट चीन सरकारले प्रमाणित गरेको कीट हो । नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौं टेस्ट गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकाले टेस्टकीट प्रयोग गरी स्कृनिङ गर्ने र संकास्पदहरुको पीसीआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यताअनुसार पूर्वतयारी गर्न खोजिएको हो । अहिले युरोप अमेरिकाले पनि यही विधिमार्फत नै परीक्षण गरिरहेका छन् ।’
विज्ञप्तिमा अहिले बजारमा अवैध ढंगले र्यापिड कीट भित्र्याइ जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासोको आधारमा मात्रै सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिइ कीटको प्रयोग नगर्न निर्देशन दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
साथै सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनि सिफारिस गरेपपछि मात्र र सम्बिन्धित निकायबाट प्रमाणित भए पछि मात्र प्रयोगका लागि वितरण गरिने स्पष्ट पारेको छ ।


No comments:
Post a Comment