कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 April 2020

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ, १९ चैत  : नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले आज एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कोरोना भाइरसको परिक्षण बढाउन ट्रेड युनियन काँग्रेसका तर्फबाट ध्यानाकर्षण गराउनुभएको हो ।

विश्वव्यापी रुपमा कोरोना भाईरस सङ्क्रमण फैलिएको लामो समय भइसक्दा पनि नेपालमा जम्मा एकहजार व्यक्तिको मात्र जाँच हुनु दुःखद भएको महासचिव कुँवरले बताउनुभयो । “सरकारले वर्तमान सङ्कट र समस्याप्रति संवेदशील भई कोरोना भाइरस परिक्षणको दायरा बढाउनुपर्छ”, विज्ञप्तिमा भनिएको छ । 

नेपाल ट्रेड युनियन काँग्रेसले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुपको व्यक्तिगत सुरक्षा सामग्री पीपीईको व्यवस्था गरी प्रत्येक जिल्लाबाट कोरोना परीक्षण तथा उपचार सेवा तत्काल विस्तार गर्नुपर्ने, स्थानीय तहसँग समन्वय गरी ट्रेड युनियनलाई समेत प्रतिनिधित्व गराई श्रमिकको अभिलेख तयार गरी दैनिक ज्यालादारी मजदूरलाई लकडाउन अवधिभर दैनिक न्यूनतम पारिश्रमिक दिनुपर्ने माग राखेको छ । 

सरकारले स्वास्थ्यकर्मीका लागि घोषणा गरेको बीमा रकमलाई बढाउनुका साथै दायरा बढाउनुपर्ने, कामदार तथा कर्मचारीलाई पारिश्रमिक दिनुपर्ने, वैदेशिक रोजगारीमा रहेका श्रमिकले स्वदेश आउन चाहेमा उद्दार गर्नुपर्ने, लकडाउनका कारण अप्ठ्यारोमा रहेका श्रमिकलाई सुरक्षित तवरले आफ्नो गन्तव्यसम्म पु¥याउने व्यवस्था तत्काल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी लकडाउन अवधिभर श्रमिक तथा स्वरोजगार व्यक्तिलाई प्रभावकारी रुपमा घर भाडा मिनाहा गर्नुपर्ने माग समेत गरिएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.