झोलुङ्गे पुलमा आवतजावत बन्द - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 April 2020

झोलुङ्गे पुलमा आवतजावत बन्द

कञ्चनपुर, १९ चैत  : कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ र ३ जोडने सनवोरा नदीको झोलुङ्गे पुलको आवतजावत बन्द गरिएको छ । स्थानीय बासिन्दाले झोलुङ्गे पुलका दुवैतर्फका प्रवेशमार्गमा अवरोधक राखेर आवतजावत बन्द गरेका छन् ।

मोटरसाइकल, साइकललगायतका दुईपाङग्रे सवारी साधानदेखि पैदलयात्रीलाई समेत पुल प्रवेशमा निषेध गरिएको छ । पुल बन्द गरिएपछि अत्यावश्यक कामका लागि बाह्य क्षेत्रमा जाने व्यक्तिले नदी तरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । पुल भएर बाह्य क्षेत्रका व्यक्तिको वडाको सडक भएर अन्यत्र जान थालेपछि जोखिमलाई मध्यजनगर गर्दै पुल बन्द गरिएको वडा नं ३ का स्थानीयवासी टीकुराम डगौराले बताउनुभयो ।

भारतबाट फर्केकाको घरमै पुगेर १४ दिनसम्म घरभन्दा बाहिर ननिस्कनका लागि सचेत गराएको उहाँको भनाइ छ । 

काँचो रुख काट्ने पक्राउ 
शुक्लाफाँटा नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वनमा काँचो रुख काट्दै गरेको अवस्थमा मङ्गलबार दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरेश पातली र दिनेश साउद छन् । पक्राउ परेका दुवै जनाबाट काँचो काटेको काठ, दुई थान बन्चरोसमेत बरामद गरिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.