प्रदेश १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

प्रदेश १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

धरान, ६ जेठ : प्रदेश १ मा म‌ंगलबार एकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज कोरोना पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् । साेमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ती व्यक्तिकै सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.