दुर्घटनामा चार वर्षीय बालकको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

दुर्घटनामा चार वर्षीय बालकको मृत्यु

बनियानी, ६ जेठ : झापाको विर्तामोड नगरपालिकामा आज पिकअप भ्यान (छोटा हात्ती) को ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान ८ बजे बिर्तामोड नगरपालिका–१० स्थित सैनिकमोडबाट बजारतर्फ जाँदै गरेको मे१च ५६०२ नंको पिकअप भ्यानले सोही स्थानका धिरेन राईका चार वर्षीय छोरा सुदेन राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.