थप २० जनामा कोरोना पुष्टि, कुल संख्या ५०७ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 May 2020

थप २० जनामा कोरोना पुष्टि, कुल संख्या ५०७ पुग्यो

काठमाडौँ,  ९ जेठ : कोरोना परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा संक्रमित संख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।

त्यसैगरी हालसम्म यो भाइरस सङ्क्रमण हुने जिल्ला ४० पुगेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सरकारले हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ को परीक्षण गरेको छ भने आरडिटीबाट ८२ हजार ११६ को परीक्षण गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.