चोरीका दुई कारसहित युवक पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 May 2020

चोरीका दुई कारसहित युवक पक्राउ

कैलाली, ९ जेठ  : प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने लोकबहादुर सार्कीका १६ वर्षीय छोरा नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिनुभयो । 

ती युवकले यही जेठ ३ गते सो उपमहानगरपालिका–४ उतरबेहडी बस्ने राजेन्द्रबहादुर मल्लले आफ्नै घर अगाडि सडकमा पार्किङ गरिराखेको बा८च २१०० नंको कार र ७ गते सोही ठाउँबाट रातिको समयमा रवीन्द्रदेव भट्टको डेरा कोठा भएको घरआँगनमा राखेको बा१४च ४७८१ नंको कार चोरी गरेको उहाँले बताउनुभयो । 

युवकको साथबाट प्रहरीले नगद रु १२ हजार ४७०, विभिन्न कागजात र दुई थान मोबाइलसमेत बरामद गरेको बताइएको छ । निजले अन्य स्थानमा समेत चोरी गरेको हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिले यस कार्यालयमा सम्पर्क राख्न हुनसमेत अनुरोध गरिएको जनाइएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.