काठमाडाैँ, ८ जेठ : आज थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जना सङ्क्रमित थपिएका छन् ।
बाँकेका नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का४२ वर्षीया महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या चार सय ५७ पुगेको छ ।


No comments:
Post a Comment