विद्यार्थीकाे लकडाउन डायरी : "युवटुभबाट 'हाउटु' धेरै हेर्छु" - pharaksandesh.com

मुख्य समाचार


Friday, 8 May 2020

विद्यार्थीकाे लकडाउन डायरी : "युवटुभबाट 'हाउटु' धेरै हेर्छु"

काेराेना भाइरस काेविड १९ का कारण विद्यालय बन्द भएकाे करीब दुइ महिना हुन लाग्याे ।  विद्यालय बन्दभएसँगै विद्यार्थीहरुकाे दैनिकी फेरिएकाे छ । आज हामीले एक विद्यार्थीकाे दैनिकी प्रस्तुत गरेका छाैँ । 
भक्तपुर बस्ने अनुरोध के सीको अनुभव र  दैनिकी यस्ताे छ : 
मेरो नाम अनुरोध के सी हो । म ९ बर्षको भएँ । म नर्थप्वाइन्ट इंग्लिस बोर्डिंग स्कुल निकोसेरा भक्तपुरमा कक्षा ४ मा पढ्छु । म राधेराधे ठिमी- ९ मा बस्छु । आज विद्यालय बन्द भएको झन्डै डेड महिना भयो । क्यालेन्डरमा भएभन्दा छिट्टै परिक्षा सकिदा खुशी लागेको थियो । विद्यालय बन्दहुँदा बाबामामुसँग घुम्न पाइन्छ भनेर । 

विध्यालय बन्द भएको केही दिनमा नै देशभर लकडाउन भयो । लकडाउनले मलाई एकातिर दुःख लागेकाे छ तर अर्कोतिर म खुशी छु, परिवारसँगै बस्न पाएकोमा । बिहान बाबामामु ब्याडमिन्टन खेल्नुहुन्छ म पनि सँगै जान्छु र रेफ्रीको काम गर्दछु । कहिले पाँच छ राउण्ड दै।डन्छु। त्येही छेउमा कुकरका साना साना बच्चा छन् ति पनि सँगसँगै दै।डन्छन् । बाबामामु र दिदीसँग बसेर म क्यारिम्बोड खेल्छु, लुडो खेल्छु । 

बिहान १ घण्टा दिदीले मलाई पढाउनु हुन्छ । मेरो अक्षर नराम्रो थियो त्यसैले 'हेन्डराइटिङ' गर्न लगाउनु हुन्छ । मलाई अपठ्याराे लाग्ने कुरा म दिदिसँग सिक्छु । मलाई भान्सामा मामुलाई सघाउन मनपर्छ। मैले कालो चिया बनाउन सिकेको छु । मेरो घर छेउमा खुला ठाउँ छ । बाबामामुसँग तरकारी बारीमा तरकारी लिन म पनि जान्छु । नजिकै हनुमन्ते खोला पनि छ । खोलाछेउ पनि गएको थिएँ । खोलामा बाँसको पुल रहेछ । त्यो पुललाई फड्के भन्छन् रे । मैले पनि त्यो पुलमा वारिपारी गरें । पहिले त डर लाग्यो बाबा पनि सँगै भएर बिस्तारै गएँ । 

मामुसँगै मैले बारीमा मकै, फर्सी रोपेको छु । त्यो विरूवा कैले ठूलो हुन्छ भनेर म मामुलाई सोधिरहन्छु । मलाई चित्र बनाउन खेल्न मन लाग्छ । राम्रो बनाउन जान्दिन र अल्छि लाग्छ । अहिले कक्षाका साथीसँग अनलाइन कक्षा लिन्छु । 

साथीसँग र टिचरसँग बसेर १ घण्टाको कक्षा पढ्दा रमाइलो लाग्छ । म टिभी, मोवाइल हेर्छु । युवटुभबाट 'हाउटु' धेरै हेर्छु । परिवारसँग रमाइलो गर्न पाउँदा खुशी लागेको छ । कतै घुम्न जान नपाउँदा दुःख लागेको छ । धन्यवाद

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.