झुप्डो मेरो छोडि अन्तै तिमी धाउँदा धेरै रोएँ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

झुप्डो मेरो छोडि अन्तै तिमी धाउँदा धेरै रोएँ

भगीरथ पाैडेल
झुप्डो मेरो छोडि अन्तै तिमी धाउँदा धेरै रोएँ।
मेरो मुटु चुडाइ अन्तै मायाँ लाउँदा खेरै रोएँ।

झाडी सम्झी तिम्ले मलाई आगो लाउँदा धेरै रोए।
हरियाली पछि लागी छानो छाउदा फेरि रोए।

पिछा लाउथ्यौ तिमी धेरै हिजो बैँस छदा मेरै ।
कठै बैँस गयो आज रुवाइ तड्पाई गयौ धेरै।

भो भो यता नफर्क भो त्यतै तिम्रो पाएकि छौ।
पल्टाउ फर्काउ लगाउ कसी कस्तो माया लाएकि छौ।

बैगुणी लाई गुण लाउन भुल गर्या रैछु मैले
त्यै पछुतो सम्झि सम्झि बाडुलीपो लाछ  ऐले। 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.