थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२ पुग्याे - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२ पुग्याे

काठमाडाैँ, ६ जेठ : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिनुभयाे । 

थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ ।

काठमाडौँमा थप तीन, भक्तपुर एक र ललितपुरमा पहिलो पटक एकजनालाई सङ्क्रमण पुष्टि भएको छ ।यसैगरी, झापा ९, कपिलवस्तु ४, सर्लाही २, मोरङ १, सुनसरी १, रामेछाप १, मकवानपुर १ , सिन्धुली १, लमजुङ १ र नवलपरासीमा १ संक्रमित भएका छन् । अहिलसेम्म ३६ वटा जिल्लामा संक्रमण देखिएको छ ।

यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.