सुनकोशीमा बेपत्ता दुवै युवाको शव फेला - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

सुनकोशीमा बेपत्ता दुवै युवाको शव फेला

सिन्धुली, ६ जेठ  : सिन्धुलीमा आइतबार सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार बेपत्ता भएका सुर्खेतको पञ्चकोटी नगरपालिका–७ घर भएका १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय विश्वजनक बुढाक्षेत्रीको शव फेला परेको हो ।

दुवैजनाको शव आज खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । सुनकोशीमा बेपत्ता भएका दिनेशको फिक्कल गाउँपालिका–५ नारिम खोलाको दोभानमा र जनकको शव फिक्कल गाउँपालिका–५ पञ्चकन्यास्थित सुनकोशी नदीको किनारमा फेला परेको हो । शव फेला परेपछि मुचुल्काका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुवैजना सुर्खेत घर भई हाल फिक्कल गाउँपालिका–४ खाङ्साङमा काठको मिस्त्री काम गर्दै आएका थिए ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.