चार पसललाई कारवाही - pharaksandesh.com

मुख्य समाचार


Thursday, 7 May 2020

चार पसललाई कारवाही

काठमाडौँ, २५ वैशाख : दोहोरो बिल जारी गरेवापत आज दुई बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

माकलबारीस्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई रु तीनतीन लाखका दरले जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै पसलमा प्यान र भ्याट बिल हुँदा पनि साधा बिल जारी गरिएको भेटिएपछि जरिवाना गरिएको हो ।

दर्ता नगरी मार्ट सञ्चालन गरेको भेटिएपछि शंखमूलस्थित बेष्ट किनमेल मार्टलाई पनि रु ५० हजार जरिवाना गरिएको छ । त्यस्तै आज नै बालाजुस्थित भ्याली कोल्ड स्टोर्सले लेवल नराखी मासु बिक्री गरेको भन्दै तीन दिनभित्र आवश्यक कागजपत्र लिएर विभागमा आउन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.