ध्रुब पौडेल
कोरोना भाइरस (कोभिड–१९) बाट विश्व आक्रान्त भइरहेको छ। कोरोना भाइरसको महामारी चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको छ भने इटाली, अमेरिका ,भारत ,रुस, बेलायत लगायत बिश्वका धेरै राष्ट्रहरु अहिले यसको चरम चपेटामा छन। बिश्वभरि यो तीव्र दरले फैलने क्रममा छ। कोभिड–१९ नयाँ भाइरस हो । यस भाइरसका बारेमा धेरै कुरा पत्ता लाग्नै बाँकी छ । अध्ययनहरु भैरहेका छन् । अध्ययनबाट नयाँ-नयाँ तथ्य पनि थाहा भैरहेको छ । संसारभर फैलिएको कोभिड–१९ चाँडो सर्ने र सबै ठाउँ तथा उमेर समुहका व्यक्तिलाई सङ्क्रमण गराउन सक्ने भाइरस हो । भाइरस सङ्क्रमण भएकामध्ये पाको उमेर तथा रोग प्रतिरोधी क्षमता कम भएकाहरुलाई धेरै असर गरेको देखिन्छ । समयसँगै यस सङ्क्रमणको सोरुप पनि परिवर्तन भएको जस्तो देखिन्छ किनकि नेपालको सन्दर्भमा हेदा नवजात शिसुदेखि पाको उमेर सबैलाई देखिरहेको छ । कोरोना मात्र हैन सबै रोगहरु रोग प्रतिरोधी क्षमता कमजोर हुनेहरुलाई लाग्ने हो । शरीरमा प्रतिरोधी क्षमता बलियो छ भने रोगहरुलाई हाम्रो शरीरको क्षमताले जितिदिन्छ र रोगले असर गर्न सक्दैन । कोरोना भाइरस शक्तिशाली नभएकोले धेरै मानिसको प्रतिरोधी क्षमताले भाइरसलाई जितेको कुरा संसारमा देखिएको छ।
नेपालमा कोरोना भाइरसको संक्रमणको दर तिव्ररुपमा बढदै गएको देखिएको छ भने कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। एक सिन्धुपाल्चोककी सुत्केरी हुन भने अको बाँकेकाे नरैनापुर गाउँपालिकाकाे क्वरेण्टीनमा बसेकाे युवककाे ज्यान गएसँगै काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङख्या दुई पुगेकाे हो र निको हुनेको सङ्ख्या ४५ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। साथै संक्रमण भने दिन दिनै उकाली चढिरहेको अबस्थामा छ । तर नेपालमा कोरोना भाइरसको संक्रमण अझै बढदै फैलिने सम्भावना पनि देखिएकाे छ । कोरोना भाइरसको संक्रमण हुन नदिन, भए पनि त्यसलाई फैलन नदिन नेपाल सरकारको जति भूमिका रहन्छ, त्योभन्दा बढी हामी आमनागरिकको सावधानी पनि महत्वपूर्ण हुने गर्दछ । अहिलेकाे अवस्थामा सरकारले जारी गरेकाे निर्देशन र डाक्टरले दिएका सुझाव र सल्लाहलाई पूर्ण पालना गर्नु अति आवश्यक हुन्छ ।
आधिकारिक तथा विश्वासिला संचारमाध्ययमका खबरहरु हेर्ने, नबहकिने, म समस्यासँग लड्न सक्छु भनेर आत्मविश्वास बढाउनुपर्छ । नडराइकन लडेमा हामीले कोरोनासँगको युद्ध जित्न सक्छौं । तर सचेत भने हुनुपर्छ ।सरकारले लकडाउनसँगै ल्याएका नियमहरु पालना गर्नुपर्छ, नियमित साबुनपानीले राम्रोसँग हात धुनुपर्छ, घरबाहिर जाँदा मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने जस्ता सावधानीहरु अपनाउनुपर्छ । तर डराउन भने हुँदैन । शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन शरीर स्वस्थ हुनुकोसाथै मन पनि शान्त राख्नुपर्छ । खुशी रहने हो भने धेरै रोगबाट बच्न सकिन्छ । अहिले धेरै मानिस आत्तिरहेका छन् । तर यो रोगबाट धेरै आत्तिनु पर्दैन ।
यस कोरोना भाइरसले हाम्रो समाजका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पार्ने निश्चित छ। केही मात्रामा प्रभाव भइसकेको अवस्था छ। त्यसैले कोरोनाको रोकथाम र यसले हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न हाम्रा सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने अनिवार्य देखिन्छ।
हामीले सामाजिक उत्तरदायित्व जति कुशलतापूर्वक निर्वाह गर्नेछौँ, फलस्वरूप सहजै हामीले कोरोना भाइरस संक्रमण तथा यसका संभावित जोखिमबाट हाम्रा सामाजिक, आर्थिक, सांस्कृतिक प्रभावहरु न्यूनीकरण गर्न सक्नेछौँ।
कोरोना भाइरसले निम्त्याएको मानवीय संकटसँग जुध्न विभिन्न व्यक्ति तथा संस्थाहरुले आआफ्नो क्षेत्रबाट आफ्नो सामर्थ्यले भ्याएसम्मको सामाजिक दायित्व बहन गरिरहेका छाैँ र गरि रहनुपर्छ । वास्तवमा यो संकटको घडीमा हामीले आम मानिस, सार्वजनिक संस्था तथा निजी क्षेत्रबाट अपेक्षा गर्ने भूमिका यही नै हो।
त्यस्तै सरकारले गरेका अनुरोधलाई स्वीकार्दै सबै घरमै बस्नु, अनावश्यक हिँडडुल तथा भीडभाड नगर्नु नै कोरोना भाइरसविरुद्ध लड्ने सबैभन्दा ठूलो उपाय हाे । यसैगरी स्वाथ्यकर्मी, सेना, प्रहरी, सरकारी अधिकारी तथा अत्यावश्यक सेवा प्रदायक संस्थाहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले यो समयमा आफ्नो पेसागत धर्म पूर्ण इमानदारीका साथ निर्वाह गरिरहेकाे अवस्थामा नकारात्मक विषयहरुलाई सामाजिक सञ्जालमा स्थान दिनुहुँदैन ।
सामाजिक सञ्जालमा कोरोना भाइरससम्बन्धी विभिन्न अफवाह तथा भ्रामक हल्लाहरु फैलाउने समय यो होइन। अपुष्ट समाचारहरु फैलाएर मानिसलाई आतंकित गर्ने समय पनि यो होइन। त्यसैले त्यस्ता भ्रामक जानकारीलाई शेयर वा लाइक गर्नु हुँदैन । त्यस प्रकारका सूचना आउने ग्रुप वा पेजलाई पनि निरुत्साहित गरेर सचेत नागरिककाे कर्तव्य निर्वाह गर्नु आवश्यक छ ।
भाइरसले कुनै धर्मलाई चिन्दैन। जुनसुकै धर्म मान्ने मानिसहरु पनि कोरोना भाइरसबाट संक्रमित भइरहेका छन्। त्यसैले यो कुनै धर्मलाई उच्च देखाउने र कुनै धर्मलाई खुइल्याउने समय पनि होइन। यो कालोबजारी गर्ने, सामानको स्टक लुकाउने वा थुपारेर राख्ने समय पनि होइन। मलाई त कोरोना भाइरसले छुँदैन भन्दै जथाभावी हिँडडुल गर्ने, भीडभाड गर्ने, आइसोलेसनमा नबस्ने, सोसियल डिस्टेन्सिङ कायम नगर्ने समय पनि होइन। सचेत भएर डाक्टरकाे सल्लाह अनुसार अगाडि बढ्नु पर्दछ ।
हामीले चीन, इटाली, अमेरिका, भारत, रुस बेलायत लगायत बिश्वका धेरै राष्ट्रहरु अहिले कोरोना भाइरस प्रभावित क्षेत्रका जनताले लक डाउनलाई आफ्नो सामाजिक उत्तरदायित्वका रुपमा लिँदै त्यसलाई पालना गरे भने बिश्वका केही कोरोना भाइरस प्रभावित क्षेत्रका जनताले गैरजिम्मेवार हुँदै पर्याप्त सावधानी अपनाउन तिर लागेनन्। त्यसैले लकडाउन उत्तरदायित्वका रुपमा लिँदै त्यसलाई पालना गरे जसले नियन्त्रणमा आयो भने इटाली र अमेरिकका यसको चरम चपेटामा पर्यो। त्यसैले यो संकटको घडीमा हामीले जिम्मेवारपूर्ण सामाजिक व्यवहार देखाउने कि नदेखाउने भन्ने कुराले नै हाम्रो भावी दिशा र दशा दर्साउने निश्चित छ।
हामीलाई थाहा छ, हाम्रो राज्यको क्षमता अति नै सीमित छ। हाम्रा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार तथा साधन स्रोतहरु सबै सीमित छन्।
कोरोनाभाइरससँग लड्नको लागि राज्य र जनता दुवैको उत्तिकै जिम्मेवारी छ । यस्तो बेला नागरिकले धैर्यता र संयमता अपनाउनुको विकल्प छैन । संक्रमण फैलियो र महामारी भयो भने हाम्रो साधनस्रोत र सामथ्र्यले नियन्त्रण गर्न कठिन हुन्छ । प्रकोपका बेला हरेक नागरिक कडा अनुशासनमा बस्नुको विकल्प छैन । आफू जोगिनुपर्छ र अरुलाई पनि जोगाउनु नै उत्तम उपाय हो।
विकसित देशहरुले त कोरोना भाइरस विरुद्ध लड्न सकिरहेका छैनन् भने हाम्रोमा यो भाइरस फैलियो भने सीमित स्रोत साधनले कोरोना भाइरस नियन्त्रण गर्न कठिन हुन्छ। तर पनि सामाजिक एकता र सामाजिक दायित्व वोधमा यस्तो शक्ति हाे, जसले ठूलो संकटको घडीसँग लड्ने अभूतपूर्व सामर्थ्य दिन्छ।
सबैले आफ्नो सामाजिक उत्तरदायित्व बोध गरौँ। सरकार र सरोकारवालाहरुले भनेका साना ठूला सबै कुराहरु दृढतापूर्वक पालना गरौँ, त्यसैमा हामी सबैको हित छ। यो नै कोरोना भाइरस विरुद्ध लड्ने हामीसँग उपलब्ध एउटै मात्र भरपर्दो हतियार हो, यसलाई खिया लाग्न नदिऊ। कोरोनाभाइरससँग लड्नको लागि राज्य र जनता दुवैको उत्तिकै जिम्मेवारी छ । यस्तो बेला नागरिकले धैर्यता र संयमता अपनाउनुको विकल्प छैन ।
प्रकोपका बेला हरेक नागरिक कडा अनुशासनमा बस्नुको विकल्प छैन । आफू जोगिनुपर्छ र अरुलाई पनि जोगाउनु नै उत्तम उपाय हो तसर्थ घरमै बसौं ,सरसफाइमा उचित ध्यान दिउ, भिडभाड नगरै र समय समयमा स्वास्थय परिक्षण गराउ। कराही बसालेर तरकारी किन्न जाने र तरकारी ल्याएपछि तेल, नून र मसलाको खोज्न हिडेर कोरोनाको कहरबाट बच्न सकिदैन। यस अबस्थामा जहा एक कुशल शिक्षकले प्रबिधिको सहयोगबाट एक सहजकर्ताको भुमिका निभाउनु, अभिभावकले एक कुशल अभिभावकको भुमिका निभाउनु आवस्यक पर्छ ।
"आफू पनि घरमै बसौँ र अरुलाई पनि घरमै बस्न प्रेरित गरौँ "
(नाेट : लेखक नेपाल नमुना मा वि, देवचुली-१ केउरेनि नवलपुरका शिक्षक हुनुहुन्छ)
No comments:
Post a Comment