कोसी अस्पतालमा उपचाररत आठ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज - pharaksandesh.com

मुख्य समाचार


Friday, 8 May 2020

कोसी अस्पतालमा उपचाररत आठ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज

बिराटनगर, २६ बैशाख : बिराटनगरको कारोना विशेष कोशी अस्पतालमा उपचार गराइरहेका एक महिलासहित आठ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.संगीता मिश्राका अनुसार कोरोना संक्रमित भएर निको हुुनेमा २० वर्षका आजाद आलम, १८ वर्षका इमरान अहमद, १८ वर्षकै परवेज आलम, ५५ वर्षका रोशन खातुन, ६० वर्षका इजारयल मिया, ४१ वर्षका मोक्तान मिया , ७२ वर्षका आयनो मिया र भारत घर भएका २४ वर्षका मोहमद आदिल रहेका छन् ।

उदयपुरको त्रियोगा नगरपालिका– ३ स्थित भुुल्केमा परिक्षणको क्रममा कोरोना संक्रमित देखिएका उनिहरुलाई बैशाख ८ र ९ गते सो अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

दुुई पटक स्वाव परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको डा. मिश्राले जानकारी दिनुभयो  । उनीहरुमध्ये बिराटनगरको रानीस्थित मस्जिदमा बनाइएको क्वारेन्टाइनमा सात जनालाई र एक जना महिलालाई उदयपुरस्थित क्वारेन्टाइनमा १४ दिनसम्म राख्ने व्यवस्था मिलाइएको प्रदेश न १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

सो अस्पतालमा ३१ जनाको उपचार भइरहेकोमा गत बुधवार ६ जना डिस्चार्ज भइसकेका छन । अहिले सो अस्पतालमा १७ जना संक्रमितको उपचार भइरहेको र सबैको अवस्था समान्य रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.