अभिभावकलाई पत्र - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

अभिभावकलाई पत्र

जनार्दन पौडेल 
आदरणीय अभिभावक ज्युहरु, 
नमस्कार,

आराम छु, तपाइँ लगायत सम्पूर्ण परिवारलाई आरामै होस् भनी पशुपतिनाथसँग प्रार्थना गर्दछु। 

आज म घरै बसेर यो पत्र लेख्दैछु,आशा छ तपाईपनि लकडाउनको पुर्ण पालना गर्दै सुरक्षितसाथ घरै हुनुहुन्छ। अहिले त बिहान सबेरै नानीबाबु नउठ्दै काममा जानुपर्ने र सुतिसकेपछी घर आइपुग्ने बाध्यता पनि छैन होला। हतारै हतार पनि नहोला।केही समय फुर्सद होला।। अलिकती समय निकालेर यो पत्र पढीदिनुहोला।

हिजो मलाई फुर्सद छैन सबै जिम्मा स्कुललाई दिएको छु। ट्युसन क्लास समेत गर्दा ६ देखी ८/९ घण्टा स्कुलमै बस्छन्। सबैकुरा स्कुलमा सिकाईदिनु पर्यो भन्नुहुन्थ्यो। आज तपाई फुर्सदमा हुनुहुन्छ। नानीबाबुहरु २४ सै घण्टा तपाईसँग छन्। तपाईको बच्चा मात्र तपाई सँग छन्।केहीकुरा सिकाईदिनुहोला।हामिले जान्ने भए किन स्कुल पठाउथ्यौ भन्नुहोला तर म आज तपाई ले जानेकै व्यवहारीक सिप सिकाईदिनुहुन अनुरोध गर्दैछु।

छोराछोरीले पहिलो संस्कार अभिभावकबाटै सिकेका हुन्छन् । त्यसैले यो पत्र आज म यो उदाहरण बाट शुरु गदर्छु।अभिभावकलाई विद्यालयबाट पत्र आयो । जसमा लेखिएको थियो, 'तिम्रो छोराले पढ्न सक्दैन, अरू विद्यार्थीसँग स्तर नै मिल्दैन । त्यसैले भोलिदेखि विद्यालय नपठाउनू ।' आमाले पत्र पढेर आइन्स्टाइनलाई भन्नुभयो, 'बाबु, विद्यालयले भनेको छ, तिम्रो पढाइको स्तर अरू विद्यार्थीभन्दा उच्च छ, विद्यालयले तिम्रो स्तरलाई पढाउन सक्दैन रे, त्यसैले तिमी भोलिदेखि घरमै बसेर अध्ययन गर्नू ।' आइन्स्टाइनले विश्वास गर्नुभयो र घरमै अध्ययन गर्न थाल्नुभयो । उनै आइन्स्टाइनलाई आज हामी भौतिकशास्त्रका वैज्ञानिक भनेर चिन्छौ।

त्यसैले उचित खानपान, योग, ध्यान र अनुशासन छोराछोरी र अभिभावक दुवैमा जरुरी छ । उनीहरूको लवाइ, खुवाइ, बोल्ने भाषा, चालचलन र अनुशासन घरको व्यवहारले प्रभाव पर्ने हुँदा घरबाट यी कुरा ख्याल गरिनुपर्दछ । सकारात्मक सोच, शारीरिक व्यायाम, योग, ध्यान र सन्तुलित भोजनले मन प्रफुल्ल हुन्छ, शान्त हुन्छ र शान्त मनले पढाइलाई सहयोग गर्दछ । त्यसैले यी कुरामा अभिभावकले ध्यान दिनैपर्दछ ।

नानीहरु तपाइँसँग बसेर भलाकुसारी गरी तपाइँकै अगाडि हाँस्न, खेल्न, रमाउन चाहन्छन् छोराछोरीको भविष्य राम्रो गर्नुमा तपाइँहरुको पनि ठूलो हात रहेका हुन्छन् । तपाँइको सकारात्मक व्यवहारले सकारात्मक सोचको विकास गराउँछ ।छोराछोरीको बारे अहिले नै विचार पु¥याउनु भएन भने तपाइँले वर्षौंवर्ष लगाएर कमाएको धन सम्पत्ति एकै घन्टामै नष्ट गर्ने खालको पनि बन्न सक्छ । उदाहरण हाम्रा सामु धेरै छन् । त्यसकारण तपाइँले आफ्नो छोराछोरीको हरेक पाइला पाइलामा ध्यान पु¥याउनै पर्छ । सकारात्मक वातावरण सिर्जना गरी तपाइँको परिवार, समाज अनि देशको विकास गर्ने भावना भएको इमान्दार छोराछोरी बनाउने वातावरण सिर्जना गर्नुपर्छ।यो फुर्सदको समयलाई सुनौलो अवसरकोरुपमा लिई सदुपयोग गर्नुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु।

बिहान सबेरै आफै सँग उठाउनुहोस्। आफ्नो बेड आफै मिलाउन लगाउनुहोस्।नुवाईधुवाई गरेर पानी पिएर सामान्य योग व्यायाम गर्राउनुहोस्।चिया बनाउन सिकाउनुहोस्।तरकारी केलाउन,काट्न,पखाल्न सिकाउनुहोस्।खाना पकाउदा सँगै राख्नुहोस्। किचनका सामानहरुको नाम,तरकारीहरुको नाम,फलफुलहरुको नाम,अन्नअनाजका नाम भन्नुहोस्।एकदलिय र दुईदलिय अन्न , झारपात वुट्यान र रुख़ छुट्टाउन,फुल फुल्ने र नफुल्ने बिरुवा छुट्टाउन,घडी र पात्रो हेर्न सिकाउनुहोस् सेकेण्ड,मिनेट,घण्टा,दिन,हप्ता,महिना र बर्षको बारेमा बताउनुहोस्।तपाईको घरभएका जनावरको नाम सिकाउनुहोस्।चराचुरुङगी,घरपालुवा र जंगली जनावरको सुची बनाउन सिकाउनुहोस्।तिनीहरुको चित्र कोर्न र रङ भर्न लगाउनुहोस्।घरवरिपरि का समानको आकार र रङ चिनाउनुहोस्।आफ्नो परिवारका सदस्य र छिमेकिहरुको नाम नातासम्बन्ध सिकाउनूहोस्।बाबुनानी सँगै गित गाउनुहोस्,नाच्नुहोस्। जान्नुहुन्छ भने कथा कबिता सुनाउनुहोस्।बाद्यबादनका सामाग्री बजाउन सिकाउनुहोस्।नैतिकता,इमान्दारीता र आत्म अनुशासन सिकाउनुहोस्।मिठो बोल्नुहोस्। आदरार्थी शब्दको प्रयोग गर्नुहोस्।

उनीहरूले खाने जङ्क फुडदेखि फोन, ट्याबहरूमा खेल्ने भिडिओ गेमसम्मको असर बालबालिकाको मनोविज्ञानमा परेको हुन्छ।त्यसैले यापटप,मोबाइल र प्याड बच्चालाइ आफुसँगै राखेर देखाउनुहोस्।इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने emidas learning app,ramailo padhai जस्ता अप्लिकेशन प्रयोग पनि गर्नसक्नुहुन्छ।एक-दुई ओटा प्राईभेट स्कुलले सञ्चालन गरेका अनलाईन क्लास लाई देखेर चिन्तित नहुनुहोस्।यो अवस्था र परिवेशमा हाम्रो जस्तो देशले अनलाइन क्लास सञ्चालन गर्न कठिन छ। यस्तै अवस्था रहीरहे विद्यार्थी को पढाइ मात्र होइन मुल्याङकन पनि लिखित परिक्षा बाट मात्र नभएर परिक्षका अन्य साधन प्रयोग गरी माथि उल्लेखित व्यवहारिक सिपको मापन गरी माथिल्लो कक्षामा लैजाने समय पनि नआउला भन्नसकिदैन। आजलाई यत्ति धन्यवाद ।


शिक्षक
जनार्दन पौडेल 
नेपाल नमुना मा वि, देवचुली-१ केउरेनि नवलपुर

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.