कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि, कालिमाटी वृत्त सिल - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 May 2020

कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि, कालिमाटी वृत्त सिल

काडमाडौँ, ७ जेठ : महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै प्रहरीकाे कालीमाटी वृत्त सिल गरिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेकाे परीक्षणमा मङ्गलबार एक जना सइ र एक जवानमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कालीमाटीस्थित वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख रुगम कुँवरले बताउनुभयो ।

हाल कालीमाटी वृत्त परिसरमै महिला तथा बालबालिका सेल र ट्राफिक वृत्त पनि रहेको र उनीहरूको खाने बस्ने एकै स्थानमा रहेकाे बताइएकाे छ । त्यहाँ करिब दुई सय प्रहरी कार्यरत रहेको बताइएको छ । उहाँले सङ्क्रमण देखिएका दुई जना कालीमाटी क्षेत्रमा सादा पोसाकमा काम गर्ने (घुमुवा) प्रहरी भएको बताउनुयभो ।

आजै स्वास्थ्य मत्रालयको टोलीले त्यहाँ कार्यरत सबैको स्वाबको नमुना लिने तयारी भएको कुँवरले बताउनुभयो । अहिले कालीमाटी क्षेत्र आसपासको सुरक्षामा अन्य वृत्तहरूबाट प्रहरी परिचाल गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.