काठमाडाैँ, ७ जेठ : नेपालको नयाँ नक्सा आज सार्वजनिक हुँदैछ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू भाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गर्ने भएको हो ।
मन्त्रीपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले यो भुमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो । मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको र आज सार्वजनिक गरिने मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
नेपाल टेलिभिजन मार्फत लाइभ गरेर नक्सा सार्वजनिक गरिने भूमि मन्त्री पद्या अर्यालको सचिवालयले जनाएको छ ।
नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

No comments:
Post a Comment