कविता
![]() |
| कमला गौतम |
महत्व दिनको आज बुध्द जन्मेथे यो देशमा
तारा बने चक्के दियौ ज्ञान छरे सबै भेकमा
मेरो देश गर्व गर्छु बुध्दको यहि लिई नाममा
दिन्छु भन्छु जनाई सबैलाई छ है शुभकामना
शान्ती लिएर आऊ बुध्द यहाँ फेरि जगतमा
रोगव्याद आयो अशांति भोग्दैछौ त फगतमा
अहिंसा शान्तीको फुकेर बिगुल सब जगाऊ
बिग्रयो बाटो उल्टो गयो देश नी आउ बचाऊ
त्यागि हिड्यो दरबार ज्ञान खोज्दै देशदेशमा
दुःख अगाल्यौ सुख पन्छाई धाहा छ हरेकमा
लड्छन त यहाँ शासन सत्तामा लिप्त भई सबै
जनता दुःखमा दुखी भो देश नी बचाउआऊ है
कमला गौतम
काठमाडौँ

No comments:
Post a Comment