लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नयाँ नक्सा आज सार्वजनिक - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 May 2020

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नयाँ नक्सा आज सार्वजनिक

काठमाडाैँ, ७ जेठ : नेपालको नयाँ नक्सा आज सार्वजनिक भएकाे छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू–भाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेकाे हाे । 

नेपाल टेलिभिजन मार्फत लाइभमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले  लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू–भाग समेटेर तयार पारिएको नक्सा सार्वजनिक गर्नुभयाे ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले यो भुमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो । मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेकोले आज सार्वजनिक भएकाे हाे ।

नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.