बेपत्ता योद्धाले देखेको सपनालाई सार्थकतामा बदल्नु नेकपाको जिम्मेवारी : अध्यक्ष दाहाल - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 May 2020

बेपत्ता योद्धाले देखेको सपनालाई सार्थकतामा बदल्नु नेकपाको जिम्मेवारी : अध्यक्ष दाहाल

काठमाडौँ, ७ जेठ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तनका क्रममा बेपत्ता योद्धाले देखेको सपनालाई सार्थकतामा बदल्नु कम्युनिष्ट क्रान्तिकारीको जिम्मेवारी भएको बताउनुभएको छ । बेपत्ता योद्धाको स्मृति दिवसको सन्र्दभमा आज एक वक्तव्य जारी गर्दै उहाँले बेपत्ता योद्धाको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ ।

अध्यक्ष दाहालले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाको सङ्घर्षका कारण नै आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरण पुगेको बताउनुभएको छ । बेपत्ता परिवारको अभिभावकत्व र उनीहरु सन्नतिको शिक्षादीक्षा एवं भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले बेपत्ता योद्धाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.