आमाकाे सपना - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

आमाकाे सपना

रिमेश अधिकारी

तिमी नरोउ आमा, म छु नी 
हिम्मत नहारीदेउ आमा
भर्खरै १२ पुगे अब १० वर्ष 
पर्खिदेउ, त्यसपछि 
तिमी रुनैछैनौ आमा, 
तिम्रो आँखामा दुःखको आँसु
होइन खुशिको आशु ल्याउनेछु ।
तिमी ढुक्क बन म धेरै कमाउँनेछु 
तिमीलाई यो शहर घुमाउँछु 
तिम्रो ऋणको भकारी फुटाउँछु 
हाम्रो घरमा आकाशको जुनतारा लहराउनेछु 
अनि सधै उज्यालो पार्ने छु ।

तिम्रो मिहेनत र परिश्रमलाई 
म सधै कदर गर्नेछु 
बहिनीलाई धेरै माया गर्नुेछु 
बाबालाई सम्मान गर्नेछु । 
बुवाको शिर ठाडो राख्नेछु 
तर आमा तिमी नरोऊ ल 

म सधै तिमीलाई मुटुमा राख्नेछु 
तिम्रो मायाको संस्कारमा पर्नेछु । 
तिम्रो पोल्टामा त्यो चम्कने तारा ल्याउनेछु आमा 
तिम्रो खुशिको लागि म जे नि गर्नेछु ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.