बेइजिङले प्रकोप रोकथाम र नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई खुकुलो पार्ने - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

बेइजिङले प्रकोप रोकथाम र नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई खुकुलो पार्ने

बेइजिङ, ५ वैशाख : बेइजिङले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोकथाम र नियन्त्रणका लागि ६८२ नर्सिङ होममा लिइएको कडा निगरानीलाई सोमबारदेखि केही खुकुलो पार्ने बताएको छ । 

चीनमा कोरोना भाइरसकाृ सङ्क्रमणको जोखिम बढ्दै गएपछि ती संस्थामा रहेका करिब ४८ हजार जेष्ठ नागरिकहरूलाई वसन्त पर्व (स्प्रिङ फेस्टिवल) को विदामा घर पठाइएको थियो तर जनवरी २७ पछि उनीहरू कसैमा पनि सङ्क्रमण नदेखिएपछि नर्सिङ होमलाई पुनः सञ्चालनमा ल्याउने भएको हो ।

बेइजिङ नगर नागरिक मामिला विभागका उपप्रमुख लि होङविङले आइतबार साँझ पत्रकार सम्मेलनमा भन्नुभयो, “मे १८ पछि ती संस्थामा पारिवारका सदस्यलाई भेट्न, घर गएका जेष्ठ नागरिकलाई फिर्ता ल्याउन, कामदारलाई फिर्ता गर्न र नयाँ कामदारलाई भर्ना गर्न दिइनेछ । तर यसका लागि नर्सिङ होमले सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक प्रक्रियालाई पालना गर्नुपर्नेछ ।”

नर्सिङ होममा फिर्ता वा नयाँ भर्ना हुने व्यक्तिहरूले १४ दिन आइसोलेसनमा र चिकित्सकको निगरानीमा बस्नुपर्ने छ भने न्युक्लियक एसिडसम्बन्धी कम्तीमा दुई वटा परीक्षण पनि गर्नुपर्नेछ ।

बेइजिङमा सन् २०१९ सम्ममा दर्ता भएका ६० वर्ष वा सोभन्दा माथिका नागरिकको सङ्ख्या ३५ लाख २० हजार रहेको छ ।(रासस/सिन्ह्वा)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.