पाकिस्तानमा छ दिने इद विदा घोषणा - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

पाकिस्तानमा छ दिने इद विदा घोषणा

इस्लामावाद, पाकिस्तान, ५ जेठ : पाकिस्तानमा इद मनाउनका लागि भन्दै सरकारले छ दिने इद विदा घोषणा गरेको छ । 

सरकारले यही मे २२ देखि २७ तारिखसम्म छ दिन विदा दिने निर्णय गरेको अधिकारीहरुले जानकारी दिएका छन् । 

कोरोनाभाइरसको महामारीलाई समेत ध्यान दिएर विदाको निर्णय गरिएको पाकिस्तानको गृह मन्त्रालयले शनिबार जनाएको छ । 

सार्वजनिक इद विदाको समयमा अत्यावश्यक सेवा बाहेक सवै व्यापार व्यवसाय, सार्वजनिक स्थल, सामुदायीक बजार, पसलहरु र अन्य खुद्रा पसलहरु पनि बन्द हुने भएका छन् । 

पाकिस्तानमा आइतबार विहानसम्म ४० हजार १५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ८७३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३५२ जना सङ्क्रमित भएका छन् भने अरु ३९ जनाको मृत्यु भएको छ ।

कुल सङ्क्रमितमध्ये २७ हजार ९३७ जनाको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले अरु ११ हजार ३४१ जना निको भएर घर फर्किसकेको पनि जानकारी दिएका छन् । (रासस/एएनआई)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.