प्रदेश नं १ मा एकजना पत्रकारमा सङ्क्रमण देखियो - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

प्रदेश नं १ मा एकजना पत्रकारमा सङ्क्रमण देखियो

विराटनगर, ३ जेठ  :
प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उहाँलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत पत्रकारलाई स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिनुभयो । 

उदयपुरको भुल्केमा केही दिन पहिले देखिएको कोरोना सङ्क्रमितको समाचार सङ्कलन गर्न उहाँ स्थलगत रिपोर्टिङ गर्नुभएको थियो । उदयपुरमा २६ जना पत्रकारको स्वाब परीक्षण गरिएको छ भने आजदेखि मोरङ र झापाका पत्रकारको पनि स्वाब परीक्षण हुने अध्यक्ष लुइँटेलले जानकारी दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.