काठमाडौँ, ३ जेठ : पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या २७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।
हालसम्म नेपालमा कोरोनाभाइरस २६ जिल्लामा देखिएको छ ।

No comments:
Post a Comment