थप सात जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ६८२ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 May 2020

थप सात जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ६८२ पुग्यो

काठमाडौँ, १२ जेठ : पछिल्लाे परीक्षणमा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

नेपालमा सङ्क्रमित सङ्ख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयाे । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.