काठमाडौँ, १२ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएकाे छ । सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।
सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि थापाले जानकारी दिनुभयाे । त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

No comments:
Post a Comment