थप ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, कुल ६७५ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 May 2020

थप ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, कुल ६७५ पुग्यो

काठमाडौँ, १२ जेठ : पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

सोमबार बिहान स्वास्थ्य मन्त्रालयले गरेको तथ्यांक अध्यवधिक अनुसार देशभर ६ सय ७५ जना कोरोना संक्रमित भएका छन् ।

नयाँ संक्रमितहरू काठमाडाैं टाेखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाकाे ३ जना रहेकाे छन् । राैतहटमा सबैभन्दा धेरै २६ जना, बारामा २१ जना, दैलेखमा ७ जना छन् । साथै धनुषा, कपिलवस्तु काठमाडाैंमा समान तीन तीन जना छन् । त्यस्तै सप्तरी दुइ जना, बाँकेमा ४ जना र बर्दियामा एक जना छन् ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.