अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो

काठमाडौँ, ३ जेठ :
विश्भर फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८८ हजार ५०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ६९१ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८४ हजार २८४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख २६ हजार २४१ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ६९ हजार ९३६ जनामध्ये १६ हजार ३८जनाको अवस्था गम्भीर रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.