कोरोना संक्रमित शिक्षकको शव कार्यविधि अनुसार व्यवस्थापन - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 May 2020

कोरोना संक्रमित शिक्षकको शव कार्यविधि अनुसार व्यवस्थापन

रुपन्देही, ९ जेठ : गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अस्पताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिबीच छलफलपछि आज अपराह्न पौने २ बजे बुटवलदेखि पूर्वतर्फको जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । यही जेठ १ गते उपचारका लागि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल भर्ना हुनुभएका उहाँको जेठ ८ गते बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश नं ५ सामाजिक बिकास मन्त्रालयले पुष्टि गरेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.