काठमाडौँ, ९ जेठ : पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हाे ।
विमानमा ९९ जना यात्रु र आठ चालक दलका सदस्य रहेको बताइएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।
सामाजिक सञ्चालहरुमा दुर्घटनास्थल वरपर धूवाँ उडिरहेका तस्बिरहरु पोष्ट गरिएको सीएनएनले जानाएको छ ।

No comments:
Post a Comment