एकजनाको मृत्यु भएको घटनामा तीन पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 May 2020

एकजनाको मृत्यु भएको घटनामा तीन पक्राउ

धनगढी, ८ जेठ : कैलालीको जानकी गाउँपालिकास्थित बिजुलिया कुलोमा माछा मार्ने क्रममा बिजुलीको करेन्ट प्रवाह भई एकजनाको मृत्यु भएको घटनामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

टीकापुर नगरपालिकाका डम्बरबहादुर राजी, ऐशेरेसिंह लुहार र एकोभाने साउदलाई आज पक्राउ गरी उनीहरुमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । 

सोमबार रातिको समयमा माछा मार्ने क्रममा करेन्ट प्रवाह गरिएपछि जानकी गाउँपालिका दुर्गौलीका २१ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको थियो । 

प्रहरीले घटनास्थलबाट बाँसको लट्ठी र सो लट्ठीमा बाँधेको २४ मिटर लामो विद्युतीय तार र डम्बर राजीको घरबाट १७५ मिटर लामो विद्युतीय तारसमेत बरामद गरेको थियो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.