तीन दिनमा करेन्ट लागेर तीनजनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 May 2020

तीन दिनमा करेन्ट लागेर तीनजनाको मृत्यु

सप्तरी, ८ जेठ : सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 

बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उहाँको उपचारका लागि बोदे बसाईन–५ स्थित जीवन दीप अस्पताल ल्याउने क्रममा मृत्यु भएको परिवारले बताएको छ । 

गत तीन दिनको अवधिमा यहाँ तीनजनाको करेन्ट लागेर मृत्यु भएको छ । यसअघि डाक्नेश्वरी तथा खडक नगरपालिकामा एक÷एकजनाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

डाक्नेश्वरी नगरपालिका–१० मा ३५ वर्षीय रञ्जितकुमार साह र खडक नगरपालिका–३ बस्ने २२ वर्षीया बबिताकुमारी मण्डलको करेन्ट लागेर मृत्यु भएको हो । घरमा मोटर जडान गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो भने खेतमा घाँस काटिरहेका बेला मण्डललाई करेन्ट लागेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.