हुम्लाका चार सयको स्वाब संकलन हुने - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

हुम्लाका चार सयको स्वाब संकलन हुने

सिमकोट, ५ जेठ : हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकाबाट चार सय जनाको स्वाब संकलन गरीने भएको छ । मंगलबारदेखि तिल्लाको तल्लो सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका प्रत्येक पालिकाबाट एक सय जनाको गरेर स्वाब संकलन गरिने भएको हो । 

कर्णाली प्रदेश सरकारले हुम्लाका सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाबाहेक अरु चार गाउँपालिकामा स्वाब संकलन गर्न लागेको छ । प्रत्येक गाउँपालिकाबाट संकलित स्वाब मंगलबार नै हेलिकप्टरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइने अदानचुलीका स्वास्थ्य संयोजक हंस महताराले बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.