इद उल फित्रका अवसरमा सोमबार सार्वजनिक बिदा - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 May 2020

इद उल फित्रका अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ, ११ जेठ  : सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 

मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयानुसार मुस्लिम सुमदायको इद उल फित्रका अवसरमा आज आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरिएको थियो । बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध भइआएको हुँदा जेठ ११ को सट्टा १२ गते सोमबारका दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.