बालिकालाई करणी गरेको आरोपमा पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 May 2020

बालिकालाई करणी गरेको आरोपमा पक्राउ

दमक, ११ जेठ : बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । 

गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दिनुभयो । 

पीडित बालिकाले घरमा जानकारी गराएपछि अभिभावकले इलाका प्रहरी कार्यलय झिलझिलेमा किटानी जाहेरी दिएको आधारमा झालाई घरबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । 

पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको छ । पक्राउ परेका झाले करिब एक वर्षयता विभिन्न प्रलोभनमा पारेर ती बालिकामाथि शोषण गर्दै आएको पीडितको जाहेरीमा उल्लेख छ । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.