चैकीदार राख्ने विषयमा डिल्लीबजार कारागारमा विवाद - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 May 2020

चैकीदार राख्ने विषयमा डिल्लीबजार कारागारमा विवाद

काठमाडौँ, ११ जेठ  : काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले आज बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको बताउनुभयो ।

प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.