तीन जिल्लाको विद्युत् सेवा अवरुद्ध - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

तीन जिल्लाको विद्युत् सेवा अवरुद्ध

डोटी, ३ जेठ :
शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि खराबी आएको ठाउँ पत्ता नलागेका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ । 

विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिका पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेशन म्यानेर कर्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् नहुँदा सञ्चारमाध्यमलाई समेत समस्या भएको छ ।” उक्त प्रसारण केन्द्र हाइटेन्टसनका पोलमा आउने खराबीका कारण यहाँका पहाडी जिल्लामा पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.