बैतडी, २५ वैशाख : सिगासमा शंकास्पद वस्तुु फेला परेको छ । सिगास गाउँपालिका–१ स्थित बचकोट खोलामा उक्त वस्तु फेला परेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुुभयो । हिन्दी भाषामा ‘ये हानिकारक नही हे’ भनेर उक्त वस्तुमा लेखिएको प्रवक्ता चन्दले बताउनुुभयो । उहाँले भन्नुुभयो, “सानो डिब्बा रहेको छ, उक्त वस्तुमा धुँवा निस्किरहेको अवस्थामा स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए ।”
आएमेट फोर आर एसबी लेखिएको उहाँले जानकारी दिनुभयो । ड्रोन जस्तो आकारको उक्त वस्तु प्रहरी चौकी गाँजरीमा राखिएको प्रहरीले जनाएको छ । कसले र किन उक्त वस्तु त्यहाँ राखेको भन्ने बारे थाहा हुन सकेको छैन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)

No comments:
Post a Comment